Logo

सरल खाता

साना व्यवसायीका लागि छिटो, सरल, र भरपर्दो एकाउन्टिङ्ग एप

साना व्यवसायीहरूका लागि हिसाब-किताब राख्नु धेरै चुनौतीपूर्ण हुन्छ। खाता व्यवस्थापनमा धेरै समय र मेहनत खर्चिनुपर्ने हुनाले, व्यवसायका अन्य महत्वपूर्ण पक्षहरूमा ध्यान दिन गाह्रो हुन्छ। यो समस्यालाई समाधान गर्ने उद्देश्यले हामीले "सरल खाता" नामक एक विशेष मोबाइल एप विकास गरेका छौं। यो एपले तपाईंको व्यवसायको सम्पूर्ण हिसाब-किताबलाई सरल, सहज, र सुरक्षित तरिकाले व्यवस्थापन गर्न मद्दत गर्दछ ।

सरल खाताको प्रयोगले तपाईंको समय बचत हुन्छ, हिसाब-किताबमा हुने गल्तीहरू कम हुन्छन्, र व्यवसायको आर्थिक अवस्थाको बारेमा स्पष्ट जानकारी प्राप्त हुन्छ। यो एप नेपाली भाषामा पनि चलाउन सकिन्छ र यसलाई प्रयोग गर्न धेरै सजिलो छ। यसमा कुनै पनि प्राविधिक ज्ञानको आवश्यकता नभएकाले, तपाईं आफैंले आफ्नो व्यवसायको हिसाब-किताब व्यवस्थापन गर्न सक्नुहुन्छ। यसले तपाईंलाई व्यवसायको अन्य महत्वपूर्ण कार्यहरूमा ध्यान केन्द्रित गर्न सहज बनाउँछ ।

सरल खाताले तपाईंको व्यवसायलाई अझै सफल बनाउन मद्दत गर्दछ। यसले न केवल हिसाब-किताबलाई व्यवस्थित गर्दछ, तर यसले तपाईंलाई व्यवसायको प्रगति र आर्थिक स्वास्थ्यको बारेमा पनि अद्यावधिक जानकारी प्रदान गर्दछ। यो एपले तपाईंको व्यवसायको लेखा-जोखालाई पारदर्शी र प्रभावकारी बनाउँदछ, जसले गर्दा तपाईंले व्यवसाय सम्बन्धी निर्णयहरू अझै सहज र सटीक रूपमा लिन सक्नुहुन्छ ।

आफ्नो व्यवसायको हिसाब-किताब सरल बनाउनुहोस् !

सरल खाताका बिशेषताहरू

  • प्रयोग गर्न सजिलो: सरल खाताको इन्टरफेस सरल र बुझ्न सजिलो छ, जसले गर्दा कुनै पनि प्राविधिक ज्ञान बिना नै यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।
  • वास्तविक समयमा डाटा अद्यावधिक: नाफा-नोक्सान, लिनुपर्ने वा दिनुपर्ने रकम, खरिद-विक्रीको डाटा जस्ता महत्वपूर्ण जानकारीहरू वास्तविक समयमा हेर्न र विश्लेषण गर्न सकिन्छ ।
  • डाटा सुरक्षित: तपाईंको डाटा सुरक्षित रूपमा क्लाउडमा भण्डारण गरिने भएकोले हराउने वा नष्ट हुने डर हुन्दैन ।
  • बहु-उपयोगकर्ता: सरल खातामा एक भन्दा बढी व्यक्तिले एकै खातामा काम गर्न सकिन्छ, जसले गर्दा टोलीको सहकार्यमा काम गर्न सजिलो हुन्छ।
  • नेपाली भाषा सपोर्ट: सरल खाता नेपाली भाषा पनि चलाउन सकिन्छ, जसले गर्दा प्रयोग गर्न अझै सजिलो बनाएको छ ।
  • स्वचालित रिपोर्ट तयार गर्ने: एपले स्वचालित रूपमा नाफा-नोक्सान, ब्यालेन्स शीट, र नगद प्रवाह जस्ता रिपोर्टहरू तयार गर्दछ, जसले व्यवसायको अवस्था बुझ्न सहज हुन्छ ।
  • उत्कृष्ट ग्राहक सपोर्ट टोली: सरल खाताको उत्कृष्ट ग्राहक सहयोग टोलीले तपाईंलाई कुनै पनि समस्यामा तुरुन्तै समाधान प्रदान गर्नेछ ।
यी विशेषताहरूले गर्दा सरल खाता साना व्यवसायीहरूको आफ्ना लेखा प्रणालीलाई सुरक्षित र भरपर्दो एवं उत्तम एप भएको छ ।

सरल खातामा व्यवसाय कसरी दर्ता गर्ने

१. सरल खाता एप चलाउन आफ्नाे व्यवसाय सरल खाता एपमा दर्ता गर्नु पर्दछ ।

२. सरल खातामा आफ्नाे व्यवसाय दर्ता गर्न सर्वप्रथम Google Play Store वा तलको डाउनलोड बटन थचिएर सरल खाता एप डाउनलाेड गर्ने।

३. अनि सरल खाता एप खाेली “अहिले नै दर्ता गर्नुहाेस्” मा क्लिक गरी दर्ता फर्म खाेल्ने

४. उक्त फर्ममा सबै विवरण भरी विवरण भरी व्यवसाय दर्ता गर्ने ।

५. तपाईले दर्ता गरेकाे विवरण यस सरल खाताकाे टिमले जाँची कन्फर्म गर्ने दर्ता गरिएकाे माेवाइल नं मा फाेन गरिन्छ साथै दर्ता गरिएको इमेलमा एक कन्फर्म मेल पठाइन्छ ।

६. व्यवसाय दर्ता कन्फर्म मेल पाए पछि सरल खाताको एपमा गएर पासवर्ड रि–सेट गरी नयाँ पासवर्ड बनाउने ।

७. अनि लग–इन गरी व्यवसायको सबै हिसाब किताब सरल खातामा राख्दै जाने ।

८. थप कुरा बुझ्न वा कुनै सहयोग चाहिएमा सरल खाता सपोर्ट टिमलाई सम्पर्क गर्ने ।

हामीलाई सम्पर्क गर्न

सरल खाता सपोर्ट टिम
आइसिटि म्याट्रिक्स् प्रा. लि.
कुपन्डोल, ललितपुर
+977 984-8059836
@APPSaralkhata
Saralkhata

यदि तपाइँसँग कुनै प्रश्न वा गुनासो छ भने, तलको फारम भरेर हामीलाई सम्पर्क गर्न सकिन्छ: